काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँग रणैनैतिक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्याउने इच्छा व्यक्त गर्नुभएको छ ।
नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै उहाँले उक्त इच्छा व्यक्त गर्नुभएको हो ।
‘चीन–नेपाल सम्बन्धको विकासमा उच्च महत्व दिँदै सम्माननीय राष्ट्रपतिज्यूसँगै मिलेर विकास तथा समृद्धि उन्मुख युगौयुगसम्म चल्ने मैत्रीपूर्ण रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्याउने मेरो इच्छा छ,’ राष्ट्रपति सीले शुभकामना सन्देशमा भन्नुभएको छ ।
सन्देशमा चीन र नेपाल पहाड र नदीद्वारा जोडिएका असल छिमेकी भएको जनाउँदै उहाँले अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन देखिए तापनि नेपाल र चीनले सँधै एक–अर्काको सम्मान, समर्थन तथा मित्रवत् व्यवहार गर्दै आएको बताउनु भएको छ ।
‘बेल्ट एण्ड रोड अवधारणाको उच्च गुणस्तरिय संयुक्त निर्माण गर्दै हामीले कोभिड महामारीको चुनौतीको संयुक्त सामना गरिरहेका छौँ,’ राष्ट्रपति सीले भन्नुभएको छ, ‘यसै क्रममा आपसी राजनीतिक विश्वास तथा परम्परागत मित्रता दिनप्रतिदिन बढ्दै गइरहेको छ ।’
नेपालको राष्ट्रिय दिवसको अवसरमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले पनि प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री नारायण खड्कालाई बधाई तथा शुभकामना सन्देश पठाउनु भएको छ ।
‘चीन र नेपाल परम्परागत मित्रवत् छिमेकी हुन् । आपसी सम्बन्ध स्वस्थ र स्थिर रुपमा अघि बढिरहेको छ,’ चिनियाँ प्रधानमन्त्री लीले भन्नुभएको छ ।
दुई देशको विकास रणनीतिलाई गहन रुपमा जोड्दै पारस्परिक सम्बन्धको विकासबाट दुई देश र जनताको अझ बढी हित गर्दै जाने आफ्नो इच्छा रहेको लीले बताउनु भएको छ ।
चिनियाँ विदेशमन्त्री वाङले दुई देशका महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतार्ने र चीन–नेपाल रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्ध स्थिर रुपमा अगाडि बढाउने बताउनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच