डा केसीको आमाशयमा रक्तश्राव, जबर्जस्ती काठमाडौं लैजाने तयारी

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा नौ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । अस्पताल प्रशासनले उहाँको जीवन रक्षाकै लागि भए पनि जबर्जस्ती काठमाडौं लैजाने तयारी गरेको छ ।

अनसनरत केसीले भने आफ्ना माग पूरा नभइ काठमाडौं नजाने अडान लिनुभएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार काठमाडौंबाट जसरी भए पनि डा केसीलाई पठाउन निर्देशन आइसकेको छ । यही कारण आज उहाँलाई जबर्जस्ती भए पनि काठमाडौं लगिने उहाँको भनाइ छ ।

यस्तो छ डा. केसीको स्वास्थ्य अवस्था
डा. केसीको उपचारमा संलग्न डा. शेरबहादुर कमरका अनुसार उहाँको सुगर लेवल घटेर ४० पुगेको छ । यस्तै, प्रेसरको लेभल पनि निकै कम रहेको छ । अर्का डा सुबेधराज कायस्थले उहाँको आमाशयबाट पनि रक्तश्राव भइरहेको बताउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?