डा केसी काठमाडौं नजाने

हिमालय टाइम्स
Read Time = 3 mins

-मोहन जोशी
धनगढी। अनसनरत डाक्टर गोविन्द केसीले थप उपचारका लागि काठमाडौं जान माग्नुभएको छैन । अनसनको ९औं दिनमा मंगलबार केसीलाई थप उपचारका लागि काठमाडौं लग्ने प्रयास भए पनि उहाँले धनगढीमै बस्ने अडान राखेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो ।

‘उहाँको उपचारमा खटिएका स्वास्थ्यकर्मीले सेती अस्पतालबाट रेफर गरिसकेका छन्,’ जोशीले भन्नुभयो, ‘त्यसैले केसीले काठमाडौं जानै पर्ने हुन्छ, उहाँको टोलीसँग कुरा भइरहेको छ ।’

केसीले नमानेमा बल प्रयोग गरेर भए पनि काठमाडौं लग्न सकिने उहाँले संकेत गर्नुभयो । ‘नागरिकको स्वास्थ्य रक्षा गर्नु राज्यको दायित्व हो,’ सूचना अधिकारी जोशीले भन्नुभयो ‘डाक्टर केसीको स्वास्थ्य अवस्था अहिले जटिल बन्दै गएको छ, उहाँलाई काठमाडौं लग्नुको विकल्प छैन ।’

डाक्टर केसीलाई काठमाडौं लैजान नेपाली सेनाको स्काई ट्रक धनगढीमा तयारी अवस्थामा राखिएको छ । तर, डाक्टर केसीले भने, ुआफ्ना माग पूरा नभएसम्म धनगढीमै अनसन बस्ने अडान राखेको डाक्टर केसीको उपचारमा सम्लग्न सेती प्रादेशिक अस्पतालका वरिष्ठ कन्सल्टेण्ट फिजिसियन डाक्टर शेरबहादुर कमरले बताउनु भयो ।

‘रक्तचाप घटेर ४० मा पुगेको छ,’ कमरले भन्नुभयो, ‘सुगरको मात्रा धेरै कम छ, आमाशयबाट रगत बगिरहेको छ, यस्तोमा उहाँलाई सेतीमा उपचार दिन सम्भव छैन, हामीले जतिसक्दो छिटो काठमाडौं लैजान सुझाव दिएका छौं ।’

स्वास्थ्य क्षेत्र सुधारका लागि भन्दै ७ बुँदे माग राखेर २७ भदौमा धनगढीस्थित गीता सतसंगको धर्मशालाबाट डाक्टर केसीले २०औं अनसन सुरु गर्नुभएको थियो । २९ भदौमा स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले भने दिन ढल्कदै गरेका कारण केसीलाई लैजान समस्या हुने प्रतिक्रिया दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?