गुल्मीमा शैक्षिक सुधारका लागि ५९ विद्यालय छनोट

Read Time = 8 mins

गुल्मी । गुल्मीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ५९ विद्यालय छनोट भएका छन् । दुई नगरपालिका र दश गाउँपालिका गरी बाह्र स्थानीय तह रहेको यस जिल्लामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागि ५९ विद्यालय छनोट भएका हुन् । छनोट भएका विद्यालयका लागि १५ करोड ४४ लाख बराबरको योजना परेको छ ।

यस जिल्लाबाट राष्ट्रपति शौक्षिक सुधार कार्यक्रमका लागि छ विद्यालयका पक्की भवन निर्माण र छ आईसीटी ल्याब स्थापना गर्न लागि प्रत्येक स्थानीय तहले शिक्षा विकास तथा समन्वय इकाइमा प्रस्ताव पेश गरेका थिए । स्थानीय तहबाट आएका राष्ट्रपति शौक्षिक सुधार कार्यक्रमअन्तर्गत भौतिक सुविधा विस्तारलगायतका योजनासहितका प्रस्तावहरु जस्ताको तस्तै शिक्षा विकास तथा प्रविधि मन्त्रालयमा पठाइएको इकाइ प्रमुख लोकनाथ मरासिनीले बताउनुभयो ।

यस जिल्लामा चारकोठे भवन निर्माण लागि २२ वटा विद्यालय छनोट भएका छन् । उक्त भवनका ११ करोड बजेट परेको छ । दुईकोठे भवन निर्माणका लागि ११ वटा विद्यालय छनोट भएका छन् । जसका लागि दुई कारोड ७५ लाख बजेट परेको छ । त्यस्तै, आईसीटी स्थापनाका लागि २६ वटा विद्यालय छनोट भएका छन् । जसका लागि एक करोड ६९ लाख बजेट परेको इकाइ प्रमुख मरासिनीले बताउनुभयो ।

रेसुङ्गा नगरपालिकाको त्रिभुवन माध्यमिक विद्यालय चारकोठे भवन, जनविकास माध्यमिक विद्यालय चारकोठे भवन, जनसहयोग माध्यमिक विद्यालय चारकोठे भवन, महेन्द्र माध्यमिक विद्यालय चारकोठे भवन निर्माणका लागि छनोट भएको छ । उपल्लो तम्घास माध्यमिक विद्यालय, सेउघा आधारभूत विद्यालय, राङ्बास माध्यमिक विद्यालय, बुद्ध माध्यमिक विद्यालय, भाडगाउँ माध्यमिक विद्यालय र रेसुङ्गा माध्यमिक विद्यालय आईसीटी कार्यक्रममा छनोट भएको छ । मुसिकोट नगरपालिकाको पेगा निम्नमाध्यमिक विद्यालय चारकोठे भवन, रुद्रावती प्राथमिक विद्यालय दुईकोठे भवन, पृथ्वी माध्यमिक विद्यालय चारकोठे भवन निर्माणका लागि छनोट भएको छ । सरस्वती निम्नमाध्यमिक विद्यालय र छत्र निम्नमाध्यमिक विद्यालय आईसीटी कार्यक्रममा छनोट भएको छ ।

मदाने गाउँपालिकाको रियाले माध्यमिक विद्यालय दुईकोठे भवन, अग्लुङ्ग माध्यमिक विद्यालय चारकोठे भवन, कंके देउराली निम्नमाध्यमिक विद्यालय दुईकोठे भवन निर्माणका लागि छनोट भएको छ । मेहलेपोखरी माध्यमिक विद्यालय र पुर माध्यमिक विद्यालय आईसीटी कार्यक्रममा छनोट भएको छ । इस्मा गाउँपालिकाको आनन्दपुर माध्यमिक विद्यालय चारकोठे भवन, देउराली निम्नमाध्यमिक विद्यालय दुईकोठे भवन, पालुखा माध्यमिक विद्यालय चारकोठे भवन निर्माणका लागि छनोट भएको छ । देविस्थान माध्यमिक विद्यालय र अमरपुर ओमप्रकाश गौतम माध्यमिक विद्यालय आईसीटी कार्यक्रममा छनोट भएको छ ।

चन्द्रकोट गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालय चारकोठे भवन, शारदा माध्यमिक विद्यालय दुईकोठे भवन निर्माणका लागि छनोट भएको छ । उदय माध्यमिक विद्यालय र जनता आधारभूत विद्यालय आईसीटी कार्यक्रममा छनोट भएको छ । धुर्कोट गाउँपालिकाको निन्युखर्क माध्यमिक विद्यालय चारकोठे भवन, ज्ञानोदय माध्यमिक विद्यालय दुईकोठे भवन, इन्दिरा माध्यमिक विद्यालय चारकोठे भवन निर्माणका लागि छनोट भएको छ । धुर माध्यमिक विद्यालय र भगवती माध्यमिक विद्यालय आईसीटी कार्यक्रममा छनोट भएको छ ।

मालिका गाउँपालिकाको अर्खाबाङ्ग माध्यमिक विद्यालय चारकोठे भवन, रानीपोखरी आधारभूत विद्यालय दुईकोठे भवन, च्यानडाँडा माध्यमिक विद्यालय चारकोठे भवन, ह्वाङ्दी मेहाले माध्यमिक विद्यालय चारकोठे भवन निर्माणका लागि छनोट भएको छ । ठुलीचौर आधारभूत विद्यालय र देविस्थान माध्यमिक विद्यालय आईसीटी कार्यक्रममा छनोट भएको छ । सत्यवती गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालय चारकोठे भवन, सत्यवती माध्यमिक विद्यालय दुईकोठे भवन निर्माणको लागि छनोट भएको छ । जनता माध्यमिक विद्यालय र एकसिं माध्यमिक विद्यालय आईसीटी कार्यक्रममा छनोट भएको छ ।

छत्रकोट गाउँपालिकाको आदर्श माध्यमिक विद्यालय चारकोठे भवन, कृष्ण आधारभूत विद्यालय दुईकोठे भवन निर्माणका लागि छनोट भएको छ । त्यस्तै, कालीगण्डकी गाउँपालिकाको भगवती माध्यमिक विद्यालय चारकोठे भवन, जनकल्याण माध्यमिक विद्यालय दुईकोठे भवन निर्माणको लागि छनोट भएको छ । प्रारम्भिक निम्न माध्यमिक विद्यालय र जीवनोद्वार माध्यमिक विद्यालय आईसीटी कार्यक्रममा छनोट भएको छ ।

रुरुक्षेत्र गाँपालिकाको भरेक आधारभूत विद्यालय दुईकोठे भवन, ग्वादी माध्यमिक विद्यालय चारकोठे भवन निर्माणका लागि छनोट भएको छ । बम्घा टाहाटिम आधारभूत विद्यालय र जनज्योती माध्यमिक विद्यालय आईसीटी कार्यक्रममा छनोट भएको छ । गुल्मीदरबार गाउँपालिकाको सुर्योदय माध्यमिक विद्यालय चारकोठे भवन, ठुलोपोखरा माध्यमिक विद्यालय दुईकोठे भवन, शारदा माध्यमिक विद्यालय चारकोठे भवन निर्माणका लागि छनोट भएको छ । रुन्खादह माध्यमिक विद्यालय र म्यालपोखरी माध्यमिक विद्यालय आईसीटी कार्यक्रममा छनोट भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?