चितवन गोल्डकपको उपाधि आर्मीलाई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले चितवन गोल्डकपको उपाधि जितेको छ । नारायणगढको क्याम्पा चौरमा सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) एफसीलाई २-० गोलले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । आर्मीको जितका लागि सुदील राईले दुवै गोल गर्नुभयो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको तेस्रो मिनेटमा सुदीलले गोल गर्दै आर्मीलाई अग्रता दिलाउनुभयो । कप्तान जर्ज प्रिन्स कार्कीको पासमा उहाँले गोल गर्नुभयो । खेल सकिन एक मिनेट बाँकी रहँदा सुदीलले नै व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको जित सुनिश्चित गर्नुभयो । उहाँ खेलको ‘म्यान अफ दी म्याच’ हुनुभयो । उहाँले नगद १० हजार प्राप्त गर्नुभयो ।

विजेता आर्मीले नगद सात लाख प्राप्त गरेको छ । उपविजेतामा सीमित भएको एपिएफले तीन लाख ५० हजार प्राप्त गरेको छ । एपिएफका हरि कार्की गोल्डकपको सर्वोकृष्ट खेलाडी घोषित हुनुभएको छ । प्रतियोगितामा भरतपुर फुटबल क्लबका राज भुसाल सर्वाधिक गोलकर्ता बन्नुभयो । उहाँले गोल्डकपभर सात गोल गर्नुभएको थियो ।

यस्तै, आर्मीका विश्वास चौधरी सर्वोत्कृष्ट गोलरक्षक घोषित हुनुभयो । उहाँहरूले जनही नगद २०-२० हजार प्राप्त गर्नुभयो । भरतपुर फुटबल क्लबको आयोजनामा सम्पन्न गोल्डकपमा दुई ‘ए’ डिभिजन र दुई विदेशी गरी १० टोली सहभागी थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?