केन्पो खुकुरी च्याम्पियनसीपमा कर्णाली प्रथम

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघले काठमाडौंमा दोस्रो राष्ट्रिय च्याम्पियनसीप आयोजना गरेको छ । बागमति प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेशलगायत छ वटा प्रदेशका खेलाडीको सहभागिता रहेको च्याम्पियनसीपमा कर्णाली प्रदेश पहिलो, मधेश प्रदेश दोस्रो र बागमति प्रदेशले तेस्रो स्थान हासिल गरेको संघका केन्द्रीय अध्यक्ष पूर्णप्रसाद पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार प्रतियोगितामा छ वटा प्रदेशबाट एकसय जना खेलाडीले सहभागिता जनाएका थिए । बिजेतालाई सिल्ड, ट्रफीका साथै नगद पुरस्कारसमेत प्रदान गरिएको छ ।

संघको अध्यक्षमा फेरि पाण्डे
च्याम्पियनसीपकै क्रममा सम्पन्न संघको पाँचौ अधिवेशनबाट संघको अध्यक्षमा फेरि पनि पूर्णप्रसाद पाण्डे निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा कुमार कार्की, गोरखबहादुर शाह, मदन रेग्मी र सन्तोषी श्रेष्ठ, महासचिवमा भरत गोदार, उपमहासचिवमा ज्ञानेन्द्र आचार्य, सचिवमा विष्णु पुन र पावेल शाह, कोषाध्यक्षमा संगम वाइवा, सहकोषाध्यक्षमा तेसबहादुर तामाङ र सदस्यमा सुजन तामाङलगायत निर्वाचित हुनुभएको संघले जनाएको छ ।

२०७४ सालमा स्थापना भएको संघले छोटो समयमै आक्रामकरुपमा संगठन विस्तार गरेको छ । संघले हालसम्म ७७ वटै जिल्लामा संघको संजाल विस्तार गरेको छ भने तीनसयभन्दा बढी डोजो सञ्चालनमा रहेका छन् । अध्यक्ष पाण्डेका अनुसार हाल केन्पो खुकुरी मार्सल आर्टसका तीन लाख खेलाडी छन् भने कभर्ड हलसमेत निर्माण गर्ने संघको तयारी छ । मार्सल आर्ट्समा पाण्डेको उच्च सक्रियताको उच्च कदर गर्दै युनिभर्सिटी वल्र्ड कमव्याट मार्सल आर्ट्स कलेजले मानार्थ पिएचडी उपाधिबाट सम्मान गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?