चन्द्रागिरि ब्याडमिन्टनको उपाधि रशिला र नवीनलाई

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । उदीयमान राष्ट्रिय नम्बर १ खेलाडी रशिला महर्जन र नवीन श्रेष्ठले प्रथम चन्द्रागिरि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधि जित्नुभएको छ । सेनाकी खेलाडी महर्जनले महिला एकलतर्फ पूर्व नम्बर १ खेलाडी भोजपुरकी नङशलदेवी तामाङलाई २१-१४, २१–१३ को सोझो सेटमा पराजित गर्नुभयो ।

यस्तै, सेनाकै नवीनले नेपाल पुलिस क्लबका विष्णु कटुवाललाई २१-९, २१-१६ ले पराजित गर्दै उपाधि कब्जा गर्नुभएको हो । विजेताले नगद ४० हजार र उपविजेताले नगद २० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो । महिलातर्फ एपिएफकी शोभा गौचन र सेनाकी प्रार्थना देउवा संयुक्तरूपमा तेस्रो हुनुभयो । पुरुषतर्फ पुलिसका सुनिल जोशी र कालिकाका सुदीप सेढाईंले तेस्रो स्थानमा चित्त बुझाउनुभयो । तेस्रो हुनेले नगद १०/१० हजार प्राप्त गर्नुभयो ।

महांकाल ब्याडमिन्टन कभर्डहलको आयोजनामा भएको प्रतियोगिताको शीर्ष २० बाहेकका पुरुष एकलतर्फका खेलमा महांकालका सुजन थापाले सेनाका हिमाल चन्दलाई २१-१७, ११-२१, २१-१८ ले पराजित गर्दै स्वर्ण जित्नुभयो । उहाँले ट्रफी, प्रमाणपत्र र नगद ३० हजार प्राप्त गर्नुभयो । यस्तै, उपविजेता चन्दले नगद १५ हजार प्राप्त गर्नुभयो । तेस्रो स्थानमा सेनाका कविर केसी र पुलिसका हिरा राई रहनुभयो । उहाँहरूले नगद १०÷१० हजार प्राप्त गर्नुभयो ।

सोही विधाको महिला एकलतर्फ सुर्खेतकी शिष्ना श्रीपालीले सुर्खेतकै अग्रिमा भण्डारीलाई १३-२१, २१-१६, २१-११ ले पराजित गर्दै उपाधि कब्जा गर्नुभयो । श्रीपालीले ३० हजार र भण्डारीले नगद १५ हजार प्राप्त गर्नुभयो । तेस्रो स्थानमा नेपाल पुलिसका निकिता लामा र रिना तामाङ रहनुभयो । उहाँहरूले नगद १०/१० हजार प्राप्त गर्नुभयो ।

शीर्ष २० बाहेकको पुरुष युगलतर्फ एपिएफका प्रनिश सिंह ठकुरी र महांकालका सुजन थापाको जोडीले विजय प्राप्त गर्‍यो । उक्त जोडीले सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीलाई २१-१८, २६-२४ को कठिन जित निकाल्यो । विजयी जोडीले नगद ३० हजार र उपविजयीले नगद १५ हजार प्राप्त गर्नुभएको थियो । युनिटी ब्याडमिन्टन

एकेडेमीका निश्चल खत्री र श्रीजल पोखरेल तथा सेनाका हिमाल चन्द र सन्तोष पनेरुले तेस्रो हुँदै नगद १०/१० हजार प्राप्त गर्नुभयो ।
लोकल पुरुष युगलतर्फ महांकालका आकाश जोशी र याविक श्रेष्ठको जोडी प्रमोद महर्जन र सुमन महर्जनको जोडीमाथि हावी भयो । जोशी र श्रेष्ठको जोडीले महर्जन जोडीलाई २१-१६, २१-१७ ले पराजित गर्दै नगद ३० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो । महर्जन जोडीले नगद १० हजार प्राप्त गर्‍यो । तेस्रो स्थान प्राप्त गरेका विपिन शाह र अमृत थापा तथा रामशरण केसी र दिवाकर पाण्डेको जोडीले नगद १०/१० हजार प्राप्त ग¥यो ।

४५ वर्षमाथिको युगल जोडीमा कालिकाका रामशरण केसी र हरि कार्कीको जोडीले पिएफसीका सञ्जय कपाली र लाक्पा शेर्पाको जोडीलाई २१-१७, २४-२२ ले पराजित गर्दै उपाधि उचाल्यो । विजयी खेलाडीले नगद ३० हजार र उपविजयीले नगद १५ हजार प्राप्त गरे । कीर्तिपुर ब्याडमिन्टन क्लबका काजी कार्की र राजु महर्जनको जोडी तथा हिरा रोक्का र टिका थापाको जोडीले संयुक्तरूपमा तेस्रो स्थान प्राप्त गर्दै नगद १०/१० हजार प्राप्त गरे । विजयी खेलाडीहरूलाई प्रमुख अतिथि बागमती प्रदेश सांसद रमा आले मगरले पुरस्कार वितरण गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?