एएमएस नेशनल सम्मान तथा अवार्ड कार्यक्रम हुँदै

Read Time = 2 mins

काठमाडौं । नेपाल कला संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले नेपाली कला क्षेत्रमा योगदान पुर्‍याउनुभएका विशिष्ट व्यक्तित्वलाई उहाँहरूका कार्यको प्रोत्साहन तथा सम्मानका साथै पर्यटन प्रवद्र्धनका लागि सहयोग पुर्‍याउने उद्देश्यले यही असोज ९ गते हायत रेजेन्सी होटल, बौद्धमा एएमएस नेशनल सम्मान तथा अवार्ड द्वारा सम्मान गर्ने भएको छ ।

‘हाम्रो संस्कृति हाम्रै पहिचान, स्रष्टा कलाकारको सम्मान’ भन्ने मूल नाराका साथ भव्य र सभ्य रूपमा सम्पन्न हुन गइरहेको समारोहमा विशिष्ट गीतकार किरण खरेललाई दीर्घसाधना सम्मान (लाइफ टाइम एचिभमेन्ट अवार्ड) बाट सम्मानित गर्न लागेको आयोजक टिमले जानकारी दिएको छ ।

देशकै विशिष्ट व्यक्तित्वको आतिथ्यतामा हुने सो समारोहमा स्रष्टा, सर्जक, प्रस्तोता, कलाकार, प्रविधिक, सञ्चारकर्मी, व्यवसायी, पर्वतारोही तथा विमान चालकलगायत समाजका विविध क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान तथा अवार्ड प्रदान गर्ने अध्यक्ष सत्यकला तामाङ लामाले जानकारी गराउनुभयो । सोमबार राजधानीमा पत्रकार भेटघाटबीच आयोजकले सो जानकारी गराएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?