सेयर बजार घट्यो

Read Time = 2 mins

काठमाडौं । साताको सुरुदेखि नै घट्दो क्रममा रहेको सेयर बजार मंगलबार उच्च अंकले घटेको छ । मंगलबार ३९ अंकले घटेर नेप्से १८३७.६० अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि सात अंकले घटेर ३५८.८७ मा झरेको छ भने एक अर्ब २२ करोड ९६ लाख ६९ हजार सात सय २२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस दिन १३ वटै समूहको सेयर मूल्य घटेको छ ।

तथापि स्वाभिमान लघुवित्त, एनएमबी डिबेन्चर, आदर्श लघुवित्त, तेह्रथुम पावर कम्पनी, सिभिल लघुवित्तलगायतको सेयरमूल्य भने बढेको छ । फाइनान्स समूहको सूचक सर्वाधिक ३.८७, जलविद्युत्, विकास बैंक र लगानी सूचक तीन प्रतिशतभन्दा बढीले घटेका छन् ।

हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै पाँच करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने रिडी पावर ५.३५ करोड, नबिल बैंक ४.७३ करोड, अरुण काबेली पावर ३.२६ करोड र अपि पावरको ३.०४ करोडको सेयर कारोबार भएको छ ।

कालिका पावरको सेयरमूल्य १० प्रतिशत, बरुण हाइड्रोपावर ८.१९, ग्रिन डेभलपमेन्ट बैंक ७.९४, समृद्धि फाइनान्स ६.७२, अपर सोलु हाइड्रोपावरको सेयर मूल्य ६.५६ प्रतिशतले घटेको छ । सानिमा इक्विटी फन्डको एक लाख ६८ हजार छ सय इकाई खरिदबिक्री भएको छ भने कारोबार संख्याका आधारमा नबिल बैंकको एक हजार चार संख्यामा सेयर कारोबार भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?