आधारभूत मौरीपालन तालिम

Read Time = 3 mins

ललितपुर । माउन्टेन वि कन्सर्न प्रालिले मंगलबारदेखि ललितपुरको धापाखेलमा तीनदिने आधारभूत मौरीपालन तालिम आयोजना गरेको छ । तालिममा विभिन्न जिल्लाबाट महिला र पुरुष गरी ३७ जनाको सहभागिता रहेको छ । तालिम कार्यक्रमको बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गर्दै मौरीपालन व्यवसायको प्रवद्र्धनका लागि निजीस्तरबाट तालिम सञ्चालन गर्नु स्वागतयोग्य रहेको बताउनुभयो । तालिम सञ्चालनका लागि आगामी दिनमा बागमती प्रदेशले माउन्टेन वि कन्सर्न जस्ता संस्थासँग सहकार्य गर्ने उहाँले प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले सरकारीले दिने तालिमभन्दा निजी क्षेत्रले दिने तालिम प्रभावकारी र परिणाममुखी हुने बताउनुभयो । निजीबाट सञ्चालन हुने तालिमले भत्ताका लागिमात्रै तालिम लिने प्रवृत्तिको अन्त्य गर्न सक्ने उहाँको भनाइ छ । साथै सचिव पुडासैनीले महको उत्पादन, प्याकेजिङ, ब्राण्डिङ र बजारीकरणमा समेत जोड दिँदै उत्पादक र उपभोक्ताबीचको मूल्यअन्तर घटाउनुपर्ने बताउनुभयो ।

आयोजक संस्थाकी प्रोप्राइटर सरिता श्रेष्ठ भट्टराईले आर्थिक र सामाजिक विकासका लागि उद्यमशीलतामा जोड दिँदै तालिमपछि आफूजस्तै सफल उद्यमी बन्न सहभागीहरूलाई आग्रह गर्नुभयो । आयोजक संस्थाका अध्यक्ष धर्मराज श्रेष्ठले कम लगानीबाट बढी फाइदा लिन सकिने मौरीपालन व्यवसायको भविष्य राम्रो रहेको भए पनि उत्पादन भने बढ्न नसकेको बताउनुभयो । उत्पादन बढाउन धेरैभन्दा धेरै किसान मौरीपालनमा जोडिनुपर्ने उहाँको भनाइ छ । माउन्टेन वि कन्सर्नले तालिमका साथै मौरी र घारलगायत प्रविधि पनि उपलब्ध गराउँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?