लोकतन्त्रको डुंगालाई प्वाल पार्नु चिन्ताजनक : पूर्वप्रधानमन्त्री भट्टराई

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पारेको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि डा. भट्टराईले सामाजिक सञ्जालमार्फत् यस्तो आक्रोश पोख्नुभएको हो ।

उहाँ भन्नुहुन्छ,‘इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक छ ।’

राष्ट्रपतिले संसदबाट दुई/दुई पटक पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु, प्रधानन्यायाधीश महाभियोगमा पर्नु, दलहरू आसेपासे पोस्न लाग्नु, बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर विषय रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

https://twitter.com/brb1954/status/1572284082549305344

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?