भारतमाथि अष्ट्रेलियाको जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अष्ट्रेलियाले घरेलु टोली भारतविरुद्धको पहिलो टी(ट्वान्टी जितेको छ । तीन खेलको सिरिज अन्तर्गत मोहालीमा मंगलबार राति भएको पहिलो खेल अष्ट्रेलियाले ४ विकेटले जितेको हो ।

भारतले दिएको २ सय ९ रनको विशाल लक्ष्य पाहुना टोली अष्ट्रेलियाले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो । अष्ट्रेलियाको जितमा क्यामेरोन ग्रिनले ३० बलमा ८ चौका र ४ छक्काको मदतमा ६१ रनको योगदान गरे । म्याथ्यु वाडेले अविजित ४५ तथा स्टेभेन स्मिथले ३५ रन जोडे ।

भारतका लागि अक्सर पटेलले सर्वाधिक ३ तथा उमेश यादवले २ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ८ रन जोड्यो । उसका लागि हार्दिक पाण्ड्याले ३० बलमा ७ चौका र ५ छक्काको मदतमा अविजित ७० रन जोडे । केएल राहुलले ५५ तथा सुर्यकुमार यादवले ४६ रन बनाए ।

अष्ट्रेलियाका लागि नथन इलिसले सर्वाधिक ३ तथा जोश ह्याजलउडले २ विकेट हात पारे । दुई टिमबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?