इस्माका दुई वडामा कृषि र पशु सेवा केन्द्र स्थापना

हिमालय टाइम्स
Read Time = 7 mins

-रमेश विश्वकर्मा

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–६ बुल्ममा गाउँपालिकास्तरीय कृषि सेवा केन्द्रको उद्घाटन गरिएको छ । इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले कृषि सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो । गाउँपालिकास्तरीय कृषि सेवा केन्द्रकोे उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष खड्काले कृषकहरुको सहजतालाई मध्यनजर गर्दै कृषि सेवा केन्द्रको उद्घाटन गरिएको बताउनुभयो ।

अध्यक्ष खड्काले कृषि सेवा केन्द्रको सञ्चालनका लागि महत्वपूर्ण सहयोग पुर्याएको भन्दै कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘निर्वाचित भएर सपथ ग्रहणको तयारीमा थियौं । ज्ञान केन्द्रमा प्रमुखसंग कृषिमा कुन–कुन योजना सञ्चालन गर्दा कृषक लाभाविंत हुन सक्छन भनेर छलफल गर्यो । अन्तः पहिलो कार्य कृषि सेवा केन्द्र सञ्चालन गर्ने निचोडमा पुग्यौं ।’

अध्यक्ष खड्काले कृषि ज्ञान केन्द्रले दुई जना कृषि प्राविधिक समेत उपलब्ध गराएर सहयोग गरेको भन्दै सेवा केन्द्रबाट बढी भन्दा बढी सेवा लिन पनि कृषकहरुलाई आग्रह गर्नुभयो । गाउँपालिकाले ज्ञान, सिप र प्रविधि तथा क्षमता विकास जस्ता थुप्रै नविन कार्यहरु कृषिमा सञ्चालन गर्ने भएकाले यसको भरपुर उपयोगका लागि पनि आग्रह गर्नुभयो ।

इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले आफूहरु निर्वाचित भएपछि पहिलो कार्यपालिका बैठकबाट नै कृषि सेवा केन्द्र सञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै समावेश गरी कृषि सेवा केन्द्र सञ्चालन गर्ने योजनालाई समावेश गरि शुभारम्भ गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचनमा आफूहरुले जनताका बीचमा हरेक कृषक, उद्यमी, नागरिकसँग जोडिएर काम गर्ने विश्वासको तमसुक गरेका थियौं ।’ सोही अनुसार जनताका आवश्यकताअनुसार शिक्षा, स्वास्थ्य, कृषिलाई स्तरोन्नती गरेर लैजाने बताउनुभयो ।

कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले कृषि सेवा केन्द्रको सुरुवातले कृषिमा नयाँ अभ्यासको प्रारम्भ भएको बताउनुभयो । भण्डारीले कृषि सेवा केन्द्रको स्थापनाले सम्पूर्ण कृषकहरुको भावनालाई समेटेर लैजान मद्दत पु¥र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘इस्माको छल्दीपनाह देखि चौरासी सम्म विभिन्न फाँटहरु छन् । यो क्षेत्र व्यवसायिक कृषि उत्पादनका हिसाबले पनि सम्भावनायुक्त क्षेत्र हो ।’ भण्डारीले भन्नु्भयो, ‘कृषि सेवा केन्द्रको स्थापनाले कृषकहरुलाई नजिकबाट आफ्ना समस्याहरु सम्बन्धित कृषि प्राविधिकलाई राख्न सजिलो हुन्छ ।

कृषि सेवा केन्द्रबाट कृषि प्रविधि, बीउविजन, विषादीको आवश्यकता परे पनि सम्पर्क गर्न सकिने बताउनुभयो । उहाँले कृषि सेवा केन्द्रको स्थापनाले कृषक, गाउँपालिका र ज्ञानकेन्द्रसंगको समन्वयका लागि पुलको काम गर्ने बताउनुभयो । इस्मा गाउँपालिका –६ बुल्ममा रहेको किसानका लागि उन्नत बीउविजन कार्यक्रम केयुविकेको कार्यालयमा कृषि सेवा केन्द्र कार्यालयको शुभारम्भ गरिएको हो ।

यसैबीच इस्मा गाउँपालिकाको वडा नम्बर ३ मा पशु सेवा केन्द्रको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले गाउँपालिका स्तरीय पशु सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो । पशु सेवा केन्द्र सञ्चालनका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तम्घास गुल्मीबाट दुई जना पशु सेवा प्राविधिक उपलब्ध गराईएको पशु सेवा विज्ञ केन्द्रका नि।प्रमुख भरत काफ्लेले जानकारी दिनुभयो । पशुपालन सम्बन्धी आउने विभिन्न समस्याहरुको पशु सेवा प्राविधिकबाट सरसल्लाह लिन आग्रह गर्नुभयो ।

दुवै स्थानमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवर, गाउँपालिकाका ६ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गुल्मीका प्रमुख गंगा पोखरेल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका निमित्त प्रमुख भरत काफ्ले, गाउँपालिकाका कर्मचारीहरु लगायत कृषकहरुको उल्लेखनिय सहभागिता रहेको थियो । गाउँपालिकाका प्रशासन शाखाका कर्मचारी सन्तोस ज्ञवालीको सञ्चालनमा कार्यक्रम गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?