यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Read Time = 1 min

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ३१ पैसा र बिक्रीमा १२७ रुपैयाँ ९१ पैसा रहेको जनाएको छ।

युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९९ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा ८५ रुपैयाँ २६ पैसा र बिक्रीमा ८५ रुपैयाँ ६६ पैसा रहेको छ ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९६ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९० रुपैयाँ ३३ पैसा र बिक्रीदर ९० रुपैयाँ ७६ पैसा, जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८६ पैसा र बिक्रीमा ८ रुपैयाँ ९० पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३४ रुपैयाँ २ पैसा रहेको छ भने कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ८३ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९९ पैसा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?