नागरिकता विधेयक प्रकरण: सिरहामा जनमत पार्टीको विरोध प्रदर्शन

हिमालय टाइम्स
Read Time = 1 min

सिरहा । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा सिरहामा जनमत पार्टीका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको भन्दै सिरहाको धनगढीमाइ नगरपालिका-८ स्थित कसहा चौकमा सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो ।

सयौंको संख्यामा रहेका प्रदर्शनकारीले सडकमा टायर बालेर करिब १ घन्टा सवारी आवागमनमा समेत अवरोध गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?