कास्की । कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जा हनुमानटोलमा गएराती स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा स्कुटरको पछाडि सवार एक जना घाइते भएका छन् ।
गएराती ८ बजे नौडाडाबाट पोखरा जाँदै गरेको ग २२ प ५३७० नम्बरको स्कुटर आफै अनियन्त्रीत भई डिभाइडरमा ठोक्किएको थियो ।
दुर्घटनामा घाईते भएका दुबैलाई उपचारको लागि फिस्टेल अस्पताल लगिएकोमा उपचारकै क्रममा चालक तँनहुको व्यास नगरपालिका-१ दमौलीका ५० वर्षीय बल बहादुर राईको मृत्यु भएको हो ।
पछाडी सवार निजको छोरी १५ वर्षीया सोनी राइको उपचार भइरहेको वडा प्रहरी कार्यालय बगर कास्कीले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका