चोरीको मोटरसाइकलसहित पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रहरीले चोरी गरेको मोटरसाइकलसहित एक जनालाई राजधानीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका-१ वाङथली घर भएका २७ वर्षीय पेमा तामाङ छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं बालाजु बाइपासस्थित सडक किनारमा पार्किङ गरी राखेको बाग्मती प्रदेश ०२-०२४ प ८५५० नम्बरको मोटरसाइकल गत भदौ ६ गते चोरी भएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई चोरी गरेको मोटरसाइकलमा नक्कली नम्बरप्लेट राखी चलाई राखेको अवस्थामामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई गोकर्णेश्वर नगरपालिका-६ नयाँवस्तीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई चोरी गरेको उक्त मोटरसाइकलसहित थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?