अनसनरत डा. केसी थप उपचारका लागि काठमाडौं जान तयार

हिमालय टाइम्स
Read Time = 2 mins

धनगढी । सेती प्रदेशिक अस्पतालमा १० दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई थप उपचारको लागि काठमाडौं लैजाने तयारी सुरु भएको छ ।

अस्पतालले केही दिनअघि नै उहाँको स्वास्थ्य अवस्था बिग्रिएको र थप उपचारको लागि सुविधासम्पन्न अस्पताल लैजान रेफर गरिसकेको थियो । तर, गोविन्द केसीले भने माग पूरा नभइ अन्य स्थानमा नजाने अडान लिँदै आउनुभएको थियो ।

सिनियर डाक्टरहरूले उहाँलाई आज सम्झाइ बुझाइ गरेपछि काठमाडौं जाने मनस्थितिमा रहेको उहाँको उपचारमा सम्लग्न एक चिकित्सकले बताए ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पनि आज उहाँलाई जसरी पनि काठमाडौं लैजाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘साधन केमा लैजाने भन्ने टुङ्गो नलागे पनि उहाँलाई आज लैजान्छौं ।’ उपचारमा सम्लग्न चिकित्सकहरूका अनुसार उहाँको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । फोक्सोमा संक्रमण, सुगर लेभल कम, रक्तचाप घटेको चिकित्सकहरूले बताए । यस्तै आमाशयमा पनि रक्तश्राव भएको चिकित्सकहरूले बताएका छन् ।

समग्र स्वास्थ्य शिक्षाको सुधारको माग गर्दे केसी २०औं पटक अनसनमा बस्नुभएको हो । उहाँले यसअघि सरकारले गरेका सहमति कार्यान्वयनमा जोड दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?