राष्ट्रपतिलाई संविधान उलङ्घन गर्ने छुट छैनः नारायणकाजी श्रेष्ठ

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई संविधानको उलङ्घन गर्ने छुट नभएको बताउनुभएकाे छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित नगर्नु संविधान विपरितको गलत कदम भएको दावी गर्नुभएकाे छ ।

उहाँले संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाएको नागरिकता विधेयक बारे विभिन्न दृष्टिकोण र विचार भए पनि यसको सम्मान गरिनु पर्ने बताउनु भएकाे छ ।

उहाँले भन्नुभएकाे छ, ‘म स्वयंले पनि राष्ट्रियसभाको बैठक र सार्वजनिक रुपमा विधेयकमा रहेको कतिपय लैङ्गिक विभेद र वैवाहिक अङ्गिकृत नागरिकता प्राप्त गर्ने प्रावधानका बारेमा असहमति राखेको थिएँ । हाम्रो पार्टीको तर्फबाट पनि संसदमा रिजर्भेसन राखिएको थियो । हाम्रा विचारहरू राष्ट्रपति ज्यूले सरोकार देखाउनु भएका कतिपय विचारसंग पनि मेल खान्छन् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?