सुर्खेत । जाजरकोटकोे नलगाड नगरपालिकामै अब आँखा र कानको विशेषज्ञ उपचार सेवा पाइने भएको छ ।
नगरपालिकाले बुधबार औपचारिक कार्यक्रम आयोजना गरी आँखा र कानसम्बन्धी रोगहरूको उपचार सेवा सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयाे । सदरमुकाममा मात्र केन्द्रित रहेको आँखा र कानको उपचार अब नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीबाट पनि सुरु गरेको उहाँले बताउनुभयाे ।
नेपाल रेडक्रसद्धारा सदरमुकाममा वषौँ अघिदेखि आँखा र कानको उपचार सेवा प्रवाह गर्दै आएको थियो । उपचार सेवा शुरु भएपछी जाजरकोटकोे नलगाड नगरपालिका आसपासका बिरामीहरु सदरमुकाम पुग्नुपर्ने झन्झटबाट मुक्त हुनेछन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका