‘विधेयक प्रमाणित नहुँदा लोकतन्त्र कार्यान्वयनमा चुनौती खडा हुन्छ’

फाईल फाेटाे

Read Time = 3 mins

काठमाडौं । जनता समाजवादी पार्टीले संविधानले दिएको समयसीमाभित्र राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नभएको घटनाले देश, लोकतन्त्र र संविधान कार्यान्वयनमा चुनौती खडा भएको जनाएको छ ।

पार्टी नेता रामसहायप्रसाद यादवले राष्ट्रपतिबाट विधेयक समयमा प्रमाणीकरण नहुँदा लोकतन्त्र, जनताको सार्वभौम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको अपमान एवं अवमूल्यन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रपतिले नागरिकता विधेयकलाई मात्र हेर्न हुन्न, दुवै सदनबाट दुई पटक पारित भएर पुनः प्रमाणीकरण पठाइएको विधेयकमा संवैधानिक अधिकार र जिम्मेवारीबाट बाहिर जाने काम भएको छ । नेपाली नागरिकका लाखौँका सङ्ख्यामा रहेका सन्तान अनागरिक बन्ने र संवैधानिक हकबाट वञ्चित हुने स्थिति भएको छ ।”

विधेयक प्रमाणीकरण नभएको अवस्थाले संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थामा प्रहार भएको उल्लेख गर्दै नेता यादवले भन्नुभयो, “यो घटनाले ठूलो षडयन्त्रको सङ्केत गरेको छ । संविधानभन्दा बाहिर गएर जुनसुकै व्यक्तिले काम गर्नुहुँदैन ।”

लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण देशमा राष्ट्रपति, कार्यपालिका, न्यायपालिका र विधायिकाले नै संविधान नमान्ने स्थितिले लोकतन्त्रलाई सुदृढीकरण गर्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दुवै सदनबाट पारित भई पेश भएको विधेयक प्रमाणीकरण गर्नु राष्ट्रपतिको संवैधानिक बाध्यता हो । प्रमाणीकरण भएन भने विकल्पका रुपमा सरकारले अध्यादेश जारी गर्नुपर्छ । यो घटनालाई गम्भीररुपमा लिनुपर्छ, अन्यथा संविधान कार्यान्वयनमा असर पर्छ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?