धनगढी । स्वास्थ्य क्षेत्र सुधारको माग विगत राख्दै १० दिनदेखि अनसनरत डाक्टर गोविन्द केसी आफ्नै अर्चमा काठमाडौं जानुभएको छ ।
सरकारी खर्चमा काठमाडौं नजाने घोषणा गरेका केसी बुधबार आफ्नै खर्चमा प्लेन टिकट काटेर काठमाडौं गएका उहाँका सहयोगी डाक्टर अमृत जैशीले बताउनु भयो। उहाँ अहिले पौने ५ बजेको प्लेन मार्फत काठमाडौं जानुभएको हो ।
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारमा संलग्न डाक्टरले केसीलाई काठमाडौं जान सुझाव दिएका थिए । स्वास्थ्यकर्मीको सुझाव अनुसार केसी आफ्नै खर्चमा काठमाडौं गएका सेती प्रादेशिक अस्पतालका सिनियर फिजिसियन कन्सल्टेन्ट डाक्टर शेरबहादुर कमरले बताउनु भयो
मंगलबार सम्म माग पुरा नभएसम्म काठमाडौं नजाने अडानमा बस्नुभएको केसीलाई बुधबार सिनियर स्वास्थ्यकर्मीले सम्झाएपछि उहाँकाठमाडौं जान सहमत हुनु भएको हो। काठमाडौंमा केसीलाई टिचिङ हस्पिटलमा राखेर उपचार दिइने जनाइएको छ ।
स्वास्थ्य समस्या देखिएको भन्दै मंगलबार सरकारी पहलमा डाक्टर केसीलाई काठमाडौं लैजाने प्रयास गरेको थियो । तर केसीले सरकारी खर्चमा नजाने अडान लगेपछि उहाँलाई ओसार्न धनगढी पुगेको नेपाली सेनाको एयर ट्रक काठमाडौं फर्केको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका