राष्ट्रपतिबाट फेरि संविधान मिच्ने काम भयो : नेता यादव

फाईल तस्बिर

Read Time = 1 min

हेटौंडा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै सदनबाट दोस्रो पटक स्वीकृत भई पेश गरिएकोे नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानविपरीत काम गरेको बताउनुभएको छ ।

आज हेटौँडामा जसपा मकवानपुरको कार्यक्रममा सहभागी हुन आउनुभएका नेता यादवले राष्ट्रपतिको कदमले मानवअधिकार खोसिएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री र सरकारले पेश गरेको विधेयक अक्षरशः प्रमाणीकरण गर्ने राष्ट्रपतिले जनताको अधिकारसँग जोडिएको विषयमा राजनीतिक प्रतिशोध साँध्नु गलत भएको उहाँको भनाइ थियो । राष्ट्रपति भण्डारीले संविधानलाई नै धरापमा पार्ने खेल खेलेको भन्दै यादवले आफ्नै देशका नागरिकको सन्तानलाई कहिलेसम्म अनागरिक बनाएर राख्न खोजेको भन्दै प्रश्न गर्नुभयो । उहाँले नागरिकता नदिनु भनेको मानवतावादी कानूनकोे उल्लङ्घन हो भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?