मोरङमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । मोरङको सुन्दरहरैंचामा विराट खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । विराट चेस क्लब सुन्दरहरैंचाको आयोजनामा मंगलबारदेखि उक्त प्रतियोगिता सुरू भएको हो ।

प्रतियोगितामा नेपालसहित भारत र बंगलादेशका गरी १२० खेलाडी सहभागी छन् । प्रतियोगिताका विजेतालाई चार लाख ६० हजार रुपैयाँ पुरस्कारस्वरूप प्रदान गरिनेछ । प्रतियोगिताको एक समारोहबीच सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले उद्घाटन गर्नुभयो । उहाँले प्रतियोगिातको माध्यमबाट यस क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उल्लेख गर्नुभयो ।

प्रतियोगितामा प्रथम हुने खेलाडीलाई एक लाख नगद रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ । यस्तै, दोस्रो हुनेले ७० हजार, तेस्रो हुनेले ५० हजार र चौथो हुनेले ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । खेल अवधिभरि विभिन्न विधामा २० जनालाई पुरस्कार प्रदान गरिने खेल संयोजक लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता आगामी असोज ८ गतेसम्म सञ्चालन हुनेछ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?