आर्चरीको छनोट सम्पन्न

हिमालय टाइम्स
Read Time = 2 mins

इटहरी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोटअन्तर्गत प्रदेश १ स्तरीय आर्चरी छनोट झापामा सम्पन्न भएको छ । भद्रपुरस्थित होटल एभरेष्टमा आर्चरीको छनोट खेल सकिएको जिल्ला खेलकुद विकास समिति झापाका सदस्य एवं प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिनुभयो ।

आर्चरीको स्यान्डर्ड पुरुष व्यक्तिगत ३० मिटरतर्फ संखुवासभाका जोजो भोटे, ङादर भोटे र पासाङ भोटेले क्रमशः स्वर्ण, रजत र कास्य पदक जित्नुभयो । स्यान्डर्ड महिला व्यक्तिगत ३० मिटरतर्फ गंगा राई (सुनसरी) स्वर्ण, अन्जु राई (सुनसरी) रजत र योगिता काम्बाङ (झापा) ले कास्य जित्नुभयो ।

स्यान्डर्ड पुरुष समूहगत ३० मिटरतर्फ संखुवासभाले स्वर्ण, सुनसरीले रजत र झापाले कास्य जित्यो । स्यान्डर्ड महिला समूहगत ३० मिटरतर्फ झापाले स्वर्ण, सुनसरीले रजत र भोजपुरले कास्य जित्यो ।

स्यान्डर्ड महिलापुरुष समूहगत ३० मिटरतर्फ सुनसरीले स्वर्ण, झापाले रजत र भोजपुरले कास्य जित्यो । त्यस्तै, रिकर्भ पुरुष व्यक्तिगत ७० मिटरतर्फ विक्रमजित राईले स्वर्ण, निरञ्जन राईले रजत र अजय राईले कास्य जित्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?