भलिबलका अध्यक्ष चन्द नेदरल्याण्ड्स प्रस्थान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, निवर्तमान अध्यक्ष मनोरञ्जनरमण शर्मा र पूर्व राष्ट्रिय महिला खेलाडी कोपिला उप्रेती नेदरल्याण्ड्स प्रस्थान गर्नुभएको छ ।

नेदरल्याण्ड्समा सेप्टेम्बर २२ देखि २५ सम्म आयोजना हुने एफआइभिबीको ३८औं वल्र्ड कंग्रेस र एभिसीको २४औं साधारणसभामा सहभागिता जनाउन अध्यक्ष चन्द र निवर्तमान अध्यक्ष शर्मा नेदरल्याण्ड्स प्रस्थान गर्नुभएको हो ।

पूर्वखेलाडी तथा एफआइभिबी लेभल २ प्रशिक्षक कोपिला भने डच भलिबल एसोसिएसनको आयोजनामा हुने भलिबल फर लाइफअन्तर्गतको कोचिङ वर्कसप र अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउन नेदरल्याण्ड्स प्रस्थान गर्नुभएको हो ।

नेदरल्याण्ड्स जाने टोलीलाई भलिबल संघका महासचिव रोशन श्रेष्ठ, सचिव विनोद सुवेदी, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ र पूर्वकप्तान भरतबहादुर शाहले बिदाइ गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?