बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली यू-१५ महिला राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार प्रारम्भिक चरणमा रहेका ४० खेलाडीबाट १० खेलाडी बाहिरिएको जनाएको छ । एन्फाले अब बन्द प्रशिक्षणमा ३० खेलाडी रहेको जनाएको छ । एन्फाले बंगलादेशमा आयोजना हुने यू-१५ महिला साफ च्याम्पियनसिपका लागि खेलाडी बन्द प्रशिक्षणमा राखेको हो ।

ढाकामा हुने यू-१५ साफ महिला च्याम्पियनसिप आगामी नोभेम्बर १ देखि १२ सम्म हुनेछ । एन्फाले यू-१५ टोलीको मुख्य प्रशिक्षकमा भगवती राना मगर, सहायक प्रशिक्षकमा मंगल महर्जन र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरीलाई नियुक्त गरिसकेको छ ।

अब बन्द प्रशिक्षणमा गोलकिपर राधिका ओली, सुजता तामाङ, सानिमाया स्याङ्ताङ, रूपा धिमाल, डिफेन्डरमा दीपा मगर, सान्जी थिङ, अञ्जना पुन मगर, विपन स्नेही, रेणु लिम्बू, अनिशा विक, अमिता भुल, प्रेरणा डोल्मा लामा र सीता रोकाया, मिडफिल्डरमा रेविका नेपाली, सिवांगी स्नेही, मनिषा सेन, सुशीला केसी, सिम्रन राई, दिलमाया घिसिङ, यशोदा बोहरा, पुनम चेम्जोङ, निर्मला आचार्य, सविता मण्डल, भूमिका बुढाथोकी र भावना परियार र फरवार्डमा समीक्षा मगर, दीपा रोकाया, वर्षा ओली, सेनु परियार र सुक्रिया मिया रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?