धावक कार्की जनकपुरसम्म दौडँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । धावक रामसुन्दर कार्की गोदावरी नगरपालिकादेखि जनकपुर रामजानकी मन्दिरसम्म दौडने हुनुभएको छ । मंसिर १० गते कार्कीले दौडयात्रा गोदावरी नगरपालिका– १ कार्कीटारमा आफैंले निर्माण गरेको हनुमान मन्दिरबाट सुरु गर्नुहुनेछ । मंसिर १२ गते जनकपुर पुग्नुहुनेछ ।

विगतमा सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यसाथ विभिन्न स्थानमा दौडिसक्नुभएका कार्की यसपटक आफैंले निर्माण गरेको हनुमान मन्दिरमा गद्दा निर्माण गर्न सहयोग जुटाउने उद्देश्यले दौडन लागेको कार्कीले जनाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?