दक्षिण सुडानका विस्थापितहरूका लागि मानवीय सहायता उपलब्ध गराउन आग्रह

Read Time = 2 mins

संयुक्त राष्ट्रसंघ । मानवीय सहायतासम्बन्धी संयुक्त राष्ट्रसंघीय एजेन्सीले दक्षिण सुडानमा विस्थापित भएका नागरिकको सहयोगका लागि अपिल गरेको छ । सो देशमा रहेका मानवीय सहायतासम्बन्धी एजेन्सीहरूले यहँका नागरिकमा पछिल्लो समयमा मानवीय सहायताको ठूलो खाँचो परेकाले सहयोगका लागि सो आग्रह गरेका हुन् ।

दक्षिण सुडानको अपर नाइल र जांगेली राज्यमा यसरी विस्थापित हुनेहरूको ठूलो संख्या रहेकाले उनीहरूको सहयोगका लागि सो आग्रह गरिएको हो । सो क्षेत्रमा सहायताका वितरणका लागि जानसक्ने सुरक्षित मार्ग समेत नभएकाले सो कार्यका लागि यहाँ सहायता वितरण गरिरहेका अन्तर्राष्ट्रिय संघसंस्थाले पनि अपिल गरेका छन् ।

उनीहरूले यस देशमा विगत लामो समयदेखिएको आन्तरिक द्वन्द्वका कारण दिन प्रतिदिन हजारौँ नागरिक विस्थापित भएको उनीहरूलाई मानवीय सहायताको खाँचो परिरहेको बताएका छन् ।

साथै पछिल्लो समयमा मानवीय सहायताको खाँचो परिरहेको क्षेत्रका नागरिकसम्म पुग्न पनि सहायताकर्मीका लागि समस्या परेकाले यस विषयमा सोच्न सबै अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका हुन् । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?