पदमलाई उत्कृष्ट ईमेज अवार्ड

Read Time = 1 min

काठमाडौं । लोकप्रिय हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई दीर्घसाधना सम्मान प्रदान गरिएको छ । २२औं ईमेज एफएम म्युजिक अवार्डमा बाह्र सयभन्दा बढी म्युजिक भिडियो सम्पादन गरिसक्नुभएका ‘नुनको भारी’ भिडियोबाट पदम सुवेदी उत्कृष्ट म्युजिक भिडियो सम्पादन अवार्ड हातपार्न सफल हुनुभएको छ ।

कोरोना संक्रमण कारण दुई वर्ष हुन नसकेका इमेज अवार्डमा २०७६ असार १ गते देखि २०७९ जेठ मसान्तभित्र सार्वजनिक भएका गीत, संगीत, रचना, र म्युजिक भिडियो समावेश गरिएको थियो ।

अघिल्ला संस्करणमा १८ विधा समावेश हुँदै आएको अवार्डमा संस्करणदेखि १५ विधा समावेश गरिएको हो । त्यस्तै यसपटक सर्वोत्कृष्ट नेपहप÷¥याप प्रस्तुति विधा पनि समावेश गरिएको छ । कार्यक्रममा गीतसंगीत लगायत विभिन्न क्षेत्रका उल्लेख्य व्यक्तित्वको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?