नाडा इभी एक्स्पो

Read Time = 1 min

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा नेपालमै पहिलोपटक इलेक्ट्रिक गाडी तथा टु हिृवलर नाडा इभी एक्स्पो बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।

सोही अवसरमा असोज ७ गतेदेखि ९ गतेसम्म प्रत्येक दिन दिउँसो २ बजे देखि ४ बजेसम्म युएसएआइडीसँगको सहकार्यमा नाडा चौतारी सेमिनार पनि सञ्चालन हुने आयोजकले जनाएको छ । तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकलसम्बन्धी चासो राख्ने विज्ञको सहभागिता रहने बताइएको छ ।

कार्यक्रम विद्युतीय गाडीसम्बन्धी नीति नियम तर्जुमा गर्नेदेखि प्रयोगकर्ता, वातावरणविद् तथा नेपालमा इलेक्ट्रिक टेक्नोलोजीको उपयोग गर्न चाहनेका उपयोगी हुनसक्ने नाडाको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?