जनकपुरधाम । समृद्धि फाइनान्सले आठौं शाखा जनकपुरमा उद्घाटन गरेको छ । बुधबार एक कार्यक्रमबीच मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री राम सरोज यादवले शाखा कार्यालय उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, उपमेयर किशोरी साह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्रकुमार महासेठ, नेपाल राष्ट्र बैंकका सञ्चालक नीरा ताल्चा भडेल, फाइनान्सका अध्यक्ष ठाकुरप्रसाद भट्टराई, प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनीलगायतको उपस्थिति रहेको कम्पनीका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुरजकुमार सर्राफले जानकारी दिनुभएको छ ।
समृद्धि फाइनान्सले मुद्दती निक्षेप योजनाअन्तर्गत ६६ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथै फाइनान्सले ८ वर्ष ८ महिनामा पैसा तेब्बर, १२ वर्ष ८ महिनामा पैसा पाँच गुणा र १६ वर्ष ५ महिनामा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच