टेलिकमको प्रिपेड कम्बो अफर

Read Time = 2 mins

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड ग्राहकका लागि किफायती मूल्यका दैनिक तथा मासिकरूपमा प्रयोग गर्न सकिने सजिलो प्रिपेड कम्बो अफर ल्याएको छ । कम्पनीले एक सय ९९ देखि छ सय ९९ रुपैयाँसम्मका भ्वाइस, डाटा र सन्देश पठाउन सकिने प्याक ल्याएको हो ।

एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने अफरअन्तर्गत एक सय ९९ मा ४२ सय एमबी अर्थात् दैनिक एक सय ५० एमबी डाटा, चार सय २० मिनेट अर्थात् दैनिक १५ मिनेट कुराकानी गर्ने र चार सय २० अर्थात् दैनिक १५ वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

त्यस्तै, तीन सय ४९ रुपैयाँमा १४ हजार एमबी अर्थात् दैनिक पाँच सय एमबी डाटा, १४ सय मिनेट अर्थात् दैनिक ५० मिनेट कुराकानी गर्ने र १४ सय अर्थात् दैनिक ५० वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको छ ।

त्यसैगरी चार सय ९९ मा १९ हजार छ सय एमबी अर्थात् दैनिक सात सय एमबी डाटा, १९ सय ६० मिनेट अर्थात् दैनिक ७० मिनेट कुराकानी गर्ने र १९ सय ६० अर्थात् दैनिक ७० वटा सन्देश पठाउन सकिने सुविधा रहेको छ भने छ सय ९९ मा २८ जिबी अर्थात् दैनिक एक जिबी डाटा, २८ सय मिनेट अर्थात् दैनिक सय मिनेट कुराकानी र २८ सय अर्थात् दैनिक सयवटा सन्देश पठाउन सकिने सुविधा रहेको कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?