टिसिएलको छुट अफर

Read Time = 2 mins

काठमाडौं । ओम्दियाबाट प्रमाणित एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले ‘अजम्बरी खुसी’ योजना ल्याएको छ । योजनाअन्तर्गत टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्स खरिदमा आकर्षक नगद छुट वा निश्चित उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । टिभी खरिदमा ४० हजार चार सय रुपैयाँसम्म छुट रहेको छ भने कभ्र्ड टिभीमा १४ हजार सात सय छुटका साथै एक थान टिभी स्टिक उपहार पनि पाइनेछ ।

त्यस्तै, वासिङ मेसिन खरिदमा १९ हजार तीन सय रुपैयाँसम्म छुटका साथै छ केजीको सर्फ एक्सेल वासिङ पाउडर उपहार रहेको छ । रेफ्रिजेरेटर खरिदमा ३५ हजार सात सय रुपैयाँ, एअर कन्डिसनर्समा ३५ हजार चार सयसम्मको छुटका साथै चार हजार बराबरको निःशुल्क एसी जडान सुविधा रहेको छ ।

त्यस्तै, वाटर डिस्पेन्सरमा चार हजार तीन सयसम्म छुट, चेस्ट फ्रिजरको खरिदमा १४ हजार सात सय र साउण्ड बारमा छ हजारसम्मको छुट रहेको छ । कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एण्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ । टिसिएलको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?