रुसले संयुक्त राष्ट्रसंघको बडापत्रको मूल मर्म उल्लङ्घन गर्‍यो : अमेरिका

हिमालय टाइम्स
Read Time = 1 min

जेनेभा । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले निर्लज्ज रूपमा संयुक्त राष्ट्रसंघको मूल सिद्धान्तको उल्लङ्घन गरको आरोप लगाएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै बाइडेनले युक्रेनमा क्रुर र अनावश्यक युद्ध गर्दै रुसले संयुक्त राष्ट्रसंघको बडापत्रको मूल मर्म उल्लङ्घन गरेको आरोप लगाएका हुन् ।

उनले रुसी आक्रमणको निन्दा गर्दै रुसले युक्रेनमा सर्वसाधारणमाथि गरेको अत्याचार डरलाग्दो भएको उल्लेख गरे ।

बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग गर्न सक्ने भन्दै दिएको धम्की गैरजिम्मेवारपूर्ण भएको बताए ।

यसले आणविक हतियारहरूको अप्रसार सम्बन्धी सन्धिको हस्ताक्षरकर्ताको रूपमा आफ्नो राष्ट्रको जिम्मेवारीहरूको लागि लापर्बाही देखाएको उनले बताए । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?