१६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचन गराउन आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो ।

असोज ११ गतेदेखि लागु हुने गरी न्याय परिषद्को सिफारिसमा ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

नियुक्त भएका अधिकृतहरूलाई १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम राखिएको छ । यो कार्यक्रममा अनिवार्य रुपमा उपस्थित हुन आयोगले सूचना जारी गरेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेश सभा निर्वाचन ऐन, २०७४ बमोजिम निर्वाचनमा सम्पन्न गर्नुपर्ने काम गर्न वा गराउनका लागि आयोगले प्रत्येक जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत र प्रत्येक निर्वाचन क्षेत्रमा एक जना निर्वाचन अधिकृत नियुक्त गरेको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?