काठमाडौं । काठमाडौंको कपनमा भएको आगलागीमा परि मृत्यु भएका तीनै जनाको परिचय खुलेको छ ।
मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, संखुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौं महानगरपालिका–२६ रानीबारीका २५ वर्षीय छेवाङ शेर्पा रहनुभएको छ ।
उहाँहरुको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । आगलागी हुँदा अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा कपन बस्ने कुशल बुढाथोकी रहेको प्रहरीले जनाएको छ।
उहाँको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ ।
बुधबार राति बूढानीलकण्ठ नगरपालिका–१० स्थित राम मन्दिरनजिकै रहेको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी भएको थियो ।
राति पौने ७ बजे लागेको आगो तीन घण्टापछि प्रहरी, स्थानीय, दमकलको सहायताबाट नियन्त्रणमा लिइएको थियो।
आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरको दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ । सो ट्रेकिङ एजेन्सीको कार्यालय प्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको रहेको बताइएकोे छ ।
उक्त घरमा ट्रेकिङ अफिस र ट्रेकिङमा प्रयोग हुने सामान राखिएको थियो । जसमा अक्सिजन सिलिण्डर पनि भण्डारण गरिएको थियो । सोही अक्सिजन सिलिण्डर पड्कीएर क्षति पुगेको प्रहरीले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका