४३ औँ सामाजिक सेवा दिवस आज, प्रधानमन्त्रीबाट शुभकामना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौंं । ४३ औँ सामाजिक सेवा दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिनुभएको छ । समाज कल्याण परिषद्ले विभिन्न कार्यक्रम सहित ४३ औँ सामाजिक सेवा दिवस मनाउन लागेकोमा खुसी व्यक्त गर्नुहुँदै शुभकामना दिनुभएको छ ।

दिगो विकास र आवधिक लक्ष्य प्राप्ति राष्ट्रिय अभियान, समावेशी समाज निर्माणमा सङ्घसंस्थाको योगदान भन्ने मूल नाराका साथ मनाउन मनाउन सुरु गरेको दिवसमा शुभकामना दिनुभएको हो । समाज कल्याण ऐन, २०४९ बमोजिम स्थापित समाज कल्याण परिषद्ले स्थापना कालदेखि नै मुलुकमा समाज सेवाको क्षेत्रलाई प्रवर्द्धन गर्न र गैर सरकारी सङ्घसंस्थालाई समाज कल्याणको क्षेत्रमा व्यवस्थित तवरले परिचालित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभएको छ ।

परिषद्ले स्वास्थ्य तथा शिक्षा सेवाको विस्तार , युवा , महिला , वृद्ध वृद्धा तथा सीमान्तकृत समुदायको सशक्तीकरण , मानव अधिकारको प्रवर्द्धन , उद्धार , कल्याण , आयआर्जन लगायतका विविध कार्यक्रम सञ्चालन गरी हाम्रो समाजलाई लाभान्वित तुल्याउँदै आएको उहाँले बताउनुभएको छ ।

गैर सरकारी सङ्घसंस्थाले सरकारको विकास सहयात्रीका रूपमा दुर्गम क्षेत्रका सर्वसाधारणको हित र विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकोमा प्रधानमन्त्री देउवाले धन्यवाद दिनुभएको छ । उहाँले समाज कल्याणको क्षेत्रमा योगदान गर्ने राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सङ्घसंस्था तथा समाजसेवीप्रति हार्दिक आभार समेत प्रकट गर्नुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?