कैलाली । कैलालीमा श्रीमानले धारिलो हतियार प्रहार गरि श्रीमतीको हत्या गरेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका ५ मा शेरबहादुर नामजाली मगरले
श्रीमति ललिता नामजाली मगरको हत्या गरेका हुन् ।
बुधबार मात्रै भारतबाट फर्किएका मगरले श्रीमतीको धारिलो हतियार प्रहार गरि हत्या गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
यस्तै धारिलो हतियार प्रहारबाट छोरी लक्ष्मी नामजाली मगर पनि घाइते भएकी छन् । उनको उपचार स्थानीय अस्पतालमा भइरहेको बताइएको छ ।
बुधबार मात्रै भारतबाट फर्किएका उनले आज बिहान घटना घटाइ फरार भएका छन् । के कारण हत्या गरेका हुन् भन्ने खुलेको छैन । शेरबहादुरको खोजी र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको