उपत्यकामा ३ हजार ७० जना सवारी चालकमाथि कारवाही

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ७० जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३० जना, लेन अनुशासन पालना नगर्ने ९३ जना, रेड लाइटमा सवारी साधन चलाउने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १३७ र नम्बर प्लेट राम्रोसँग नराख्ने ५० जना रहेका छन् ।

यस्तै २ हजार ६०२ जनालाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?