धादिङको गजुरीमा बसको ठक्करबाट एक बालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

-वावुराम श्रेष्ठ

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर-१ गजुरी बजारमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

आज विहान विद्यालय जाँदै गरेका गजुरी आर्दश स्कुलमा अध्ययनरत ६ वर्षीय विजय परियारको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

गोरखाबाट काठमाडौं आउँदै गरेका ग १ ख ४५६५ नम्बरकाे बसले जेब्राक्रसबाट सडक पार गर्दै गरेका बालकलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीय र आफन्तले बसमा आगो लगाइदिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?