मकवानपुरको भीमफेदीमा बस दुर्घटना : ६ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस सडकबाट तल खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेव गौतमले जानकारी दिए ।

जुरिखेतको माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ । घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?