बागमती प्रदेशस्तरीय कराँते हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल सितोरियो कराँते संघ, शाखा डोजो भारदेउको आयोजनामा कोन्ज्योसोम कप बागमती प्रदेशस्तरीय कराँते प्रतियोगिता असोज १४ गते हुने भएको छ ।

प्रतियोगितामा विभिन्न १३ जिल्लाका ५०५ खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रमुख प्रशिक्षक दिलबहादुर घलानले जनाउनुभएको छ । कुमुतेतर्फ पुरुषमा ११ र महिलामा नौ गरी १९ स्पर्धामा खेल हुनेछ । पुरुष/महिलाको एकल कातामा पनि खेल हुनेछ ।

एकदिने प्रतियोगिताका खेलहरू कोन्ज्योसाम गाउँपालिका-५ भारदेउस्थित गुप्तेश्वर आधारभूत विद्यालयमा हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?