कुशल र दीपेन्द्रको वरीयता सुधार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको आइसिसी ब्याटिङ वरीयतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा दुवैको वरीयता एक स्थान सुधार भएको हो ।

नयाँ वरीयतामा कुशल ५१औं तथा दीपेन्द्र ५८औं स्थानमा रहनुभएको छ । बलिङतर्फ सन्दीप लामिछाने १ स्थान तल झर्दै ६२औं स्थानमा रहनुभएको छ । दीपेन्द्र अलराउण्डर वरीयताको १०औं स्थानमा कायमै रहनुभएको छ । ब्याटिङतर्फ पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा यथावत् रहनुभएको छ । बलिङमा जोस हाजलउड शीर्ष स्थानमा रहँदा अलराउण्डरमा शकिब अल हसन शीर्ष स्थानमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?