सिएनआईद्वारा स्किल ग्याप एनालाइसिस आयोजना

Read Time = 2 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले ‘सिएनआई रोजगार तथा सीप’ मेला अगाडि दक्षता अन्तरविश्लेषण अर्थात् स्किल ग्याप एनालाइसिस आयोजना गरेको छ ।

सिएनआईको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा आयोजित कार्यक्रम नेपाली रोजगार बजारमा प्रवेश स्तर र मध्य स्तरका आवेदकका लागि आधारभूत सीप, प्रवेश र मध्यमस्तरका नयाँ जनशक्ति लिने प्रक्रिया र नयाँ जनशक्ति लिँदाका चुनौतीलगायत विषयमा केन्द्रित रहेको थियो । त्यसैगरी दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक संस्थालाई सुझाव, रोजगारीका लागि नयाँ पुस्तामा हुनुपर्ने गुण एवं दक्षतालगायतका विषयमा पनि लक्षित समूहमा गहन छलफल तथा सुझाव संकलन गरिएको सिएनआईले जनाएको छ ।

स्किल ग्याप एनालाइसिसमा सूचना प्रविधि, कृषि, आतिथ्यलगायत क्षेत्रका ३० भन्दा बढी कम्पनी सहभागी कार्यक्रमको बौद्धिक पाटर्नर मिड भ्याली इन्टरनेशनल कलेज रहेको थियो । मुलुकमा हरेक वर्ष न्यूनतम पाँच लाख व्यक्ति रोजगारीको खोजीमा हुन्छन् ।

चालकदेखि व्यवस्थापनसम्मका लागि विभिन्न कम्पनीले कर्मचारी माग गरिरहेको देखिन्छ । तर, एकातर्फ आवश्कताअनुसार कम्पनीले कर्मचारी पाउन सकिरहेका छैनन् भने अर्कोतर्फ रोजगारीको खोजीमा रहेकाहरू आवेदन दिन र सम्बन्धित कम्पनीको सम्पर्कमा जान नसकिरहेको देखिन्छ । सोही विषयमा केन्द्रित रही सिएनआई रोजगार तथा सीप मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?