काठमाडौं । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित भएको छ । असोज ४ गते कम्बोडियामा सम्पन्न ग्लोबल एसएमई फाइनान्स अवार्डमा नबिल बैंकले ‘एसएमई फाइनान्सियर अफ दि इयर, एसिया’ र ‘प्रोडक्ट इनोभेसन अफ दि इयर २०२२’ गरी दुई अवार्ड प्राप्त गरेको हो । अघिल्लो वर्ष पनि नबिल बैंकले ‘एसएमई फाइनान्सियर अफ दि इयर, एसिया’ २०२१ जितेको थियो ।
नबिल बैंकले अघिल्लो आर्थिक वर्षमा साना तथा मझौला व्यवसाय क्षेत्रको वृद्धिमा योगदान पुर्याएका कारण आइएफसी र एसएमइद्वारा सम्मान प्राप्त गर्न सफल भएको हो । विश्व बैंक समूहको सदस्य आइएफसी र एसएमई फाइनान्स फोरमले संयुक्तरूपमा अवार्ड प्रदान गर्दै आएका छन् ।
तीनदिने ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा नबिल बैंकतर्फबाट सहभागी एसएमइ एण्ड एमएफका प्रमुख निरजकुमार बस्नेत (दनिल) ले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपाली बैंकलाई चिनाउन पाउनु सिंगो राष्ट्रका लागि गौरवको क्षण भएको बताउनुभएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले एसएमईका लागि लगानी कोष बढाउँदै जाने बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका