क्रियाशील पत्रकारिता पुरस्कारबाट पत्रकार जोशी सम्मानित

Read Time = 2 mins

काठमाडौं । पत्रकार मनोज जोशी प्रेस काउन्सिल नेपालको क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित काउन्सिलको ५३औं वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीलाई उक्त पुरस्कारबाट सम्मान गर्नुभएको हो ।

काउन्सिलको भदौ ३१ गते बसेको बैठकले जोशीलाई क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको थियो । दुई दशकदेखि पत्रकारिता गरिरहनुभएका जोशीले नेपालका प्रमुख टेलिभिजनहरूमा काम गरिसक्नुभएको छ ।

हाल उहाँ एपीवान टेलिभिजनमा समाचार वाचन, संकलन र अन्तर्वार्ताकारका रूपमा कार्यरत हुनुहुन्छ । उहाँले विशेषगरी सुरक्षा र रक्षा बिटमा समाचार संकलन गर्दै आउनुभएको छ । यसका अतिरिक्त उहाँ सामाजिक कार्यमा पनि सक्रिय रहँदै आउनुभएको छ । पत्रकारिताको माध्यमबाट राष्ट्र र समाजमा विशेष योगदान पु¥याउने व्यक्तित्वलाई नेपाल सरकारअन्तर्गत रहेको निकाय प्रेस काउन्सिल नेपालले सम्मान गर्ने गर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?