साहित्यकार तथा राष्ट्रियसभाका पूर्वसचिव राधेश्याम भट्टराईको निधन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । साहित्यकार तथा राष्ट्रियसभाका पूर्वसचिव राधेश्याम भट्टराईको निधन भएको छ । उहाँको बुधबार राति हेम्स अस्पतालमा उपचारको क्रममा ७८ वर्षको उमेरमा निधन भएको हो । अन्य केही रोगबाट समेत ग्रसित उहाँ पछिल्लो समय डेंगुका कारण अस्पताल भर्ना हुनुभएको थियो ।

पूर्वीय दर्शनका अध्येता रहनुभएका भट्टराईका एक दर्जन जति कृति प्रकाशित छन् भने कविता, पुरात्व, संस्कृति सम्बन्धि थ्रुपै लेख प्रकाशित छन् । भट्टराईले २०५७ असार २० गतेदेखि २०६२ भदौ ३ गतेसम्म राष्ट्रियसभाको सचिवको जिम्मेवारीमा रहनुभएको थियो । साहित्य सेवा गरेबापत उहाँले थुप्रै पुरस्कार समेत प्राप्त गर्नुभएको छ ।

खोटाङको लामिडाडामा जन्मिनुभएका उहाँ काठमाडौंको अनामनगर बस्दै आउनुभएको थियो । उहाँको श्रीमतीको केही वर्षअघि निधन भएको थियो । बिहीबार पशुपति आर्यघाटमा उहाँको दाहासंस्कार गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?