धार्मिक जागरण तथा श्रीमद्भगवत गीता वितरण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल सनातन धर्म संस्कृति संगठनले गोकर्णश्वर नगरपालिका-५ स्थित चामुण्डा मन्दिर परिसरमा धार्मिक जागरण अभियान तथा श्रीमद्भगवत गीता वितरण गरेको छ ।

बिहीबार भएको उक्त कार्यक्रमका प्रमुख अतिथि नवतनधाम कृष्ण प्रणामी मन्दिर गोठाटारका महन्त स्वामी श्री १०८ पुरुषोत्तमजी महाराज हुनुहुन्थ्यो भने विशेष अतिथिमा सनातन धर्म संस्कृति संगठनका उपाध्यक्ष अभिशेष जोशी, सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुष, गोनपाका प्रमुख दीपक रिसाल, नारायणबहादुर सुवेदी, बौद्व गुरु तथा थार्लाग गुम्बाका सञ्चालक डाक्या गुरुङ, चामुण्डा क्षेत्र विकास कोषका अध्यक्ष मोहन रायमाझी, नवतमधामका सदस्य गोपाल रिजाल हुनु हुन्थ्यो भने धर्म जागरण अभियानका संयोजक कमल सुनुुवार पनि हुनुहुन्थ्यो ।

कार्यक्रमको सभापतित्व राप्रपाका नेता, समाज सेवी तथा मानव अधिकारवादी कुमार घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न वक्ताले धर्म र संस्कृतिका विषयमा प्रकाश पार्नुभएको थियो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
गाेविन्द घिमिरे वेदमणि
गाेविन्द घिमिरे वेदमणि
2022-09-23 8:06 am

मेराे उपस्थिति पनि थियाे याे कार्यक्रमा र मैले सम्बाेधन गर्ने अवसर पनि पाएकाे थिएँ । कार्यक्रम भव्य र सभ्यका साथै प्रभाकारी पनि थियाे । अायाेजकलाइ धन्यवाद ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?