सूर्यबहादुर थापाको आत्मकथा ‘मेरा नौ दशक : पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’ विमोचन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भूतपूर्व प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको आत्मकथा ‘मेरा नौ दशक : पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’ विमोचन भएको छ । बिहीबार राजधानीको याक एण्ड यती होटलमा उक्त पुस्तकको विमोचन भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाइएको कार्यक्रममा चारजना पूर्वप्रधानमन्त्रीको उपस्थिति थियो । पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र झलनाथ खनाल आतिथ्यतामा पुस्तकको विमोचन गरिएको थियो ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि निम्तो गरिएको भए पनि उहाँको भने उपस्थिति थिएन । यस्तै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पनि उपस्थिति थिएन । थापाको यो आत्मकथा पत्रकार÷सम्पादक हरिबहादुर थापाले सम्पदन गर्नुभएको हो भने केदार शर्माले लेख्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?